November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२७ गतेबाट धरानमा ‘बन्द बाक्सा’ प्रदर्शन हुने

3.3K

धरान । नाटक ‘बन्द बाक्सा’ २७ गतेबाट मंचन हुने भएको छ । नाटक रंगभूमि एकेडेमीको मंचन हुन लागको हो ।

नाटकले वैदेशिक रोजगारीमा गएका नेपाली तथा उनीहरुको परिवार र सिंगो समाजले व्यहोर्नु परिरहेको परिवेश र स्थितीलाई यथार्थ चित्रण गर्नेछ । नाटकलाई लेखन तथा निर्देशन रङ्गकर्मी मिलन चाम्लिङ राईले गरेका छन् । उनले यस अघि लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाईँ’लाई नाट्य कथामा रुपान्तरण तथा निर्देशन गरिसकेका छन् ।

नाटक धरान १० स्थित सैनिक भवनमा चैत्र २७ देखि बैशाख ३ गतेसम्म मञ्चन हुने छ । ‘बन्द बाक्सा’को व्यवस्थापन तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवेदीले गर्नेछन् । यस नाटकमा हरी इवाहाङ लिम्बु, सम्झना राई, रमिता राई, बिशाल नाल्बो, उदिप इवाहाङ, एसिका राई, दिपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रीयङ्का राई र इन्द्र राईको अभिनय रहनेछ ।

Advertisement

दैनिक ४ः३० बजेदेखि एक घण्टा २० मिनेटको सो रहेको छ भने टिकटको शुल्क तीन सय र दुई सय रहेको व्यवस्थापक तुलसा थापाले जानकारी दिइन् ।

मंचनको अन्तिम तयारीमा जुटेको नाटक ‘बन्द बाकस’को रियलसल हाल रंगभूमि एकेडेमी, धरानमा भईरहेको निर्देशक मिलन चाम्लिङ राईले जानकारी दिए ।