March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

होली खेल्दाखेल्दै दुई तलाको घरबाट खस्दा बौद्धमा एक किशोरी गम्भीर घाइते

2.3K

काठमाडौं । खेल्ने क्रममा काठमाडौंको बौद्धमा होली साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् ।

प्रहरीका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।

Advertisement