March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

कियाचुको अध्यक्षमा प्रेम येक्तेन र महासचिवमा निरन्ती तुम्बापो निर्वाचित

3.2K

फिदिम । किरात याक्थुङ चुम्लुङको ११ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बुधबार ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न भएको अधिवेशनले प्रेम येक्तेनको अध्यक्षतामा ३४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा कमल तिगेला, गोविन्द आङ्बुङ, कमला फोम्बो, चन्द्र कुमार आङ्देम्बे चयन भएका छन् भने महासचिवमा पुन निरन्ती तुम्बापो निर्वाचित भएकी छन् । त्यस्तै, उप महासचिवमा योगेन्द्र पालुङ्वा, सचिवमा चक्र येक्तेन, दिल कुमारी लिम्बु, भवानी किक्रम सङबाङफे, भीम प्र. योङहाङ् र कोषाध्यक्षमा अमर तुम्याहाङ निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा लक्ष्मण लाओती (पान्थर), कमिता तुम्वापो (पान्थर), सन्तोष सेरेङ (मोरङ), बिमला पालुङवा (मोरङ), सीता हुक्पा चोङबाङ (भक्तपुर), इन्द्र कुमारी लक्सम (काठमाडौं), आइन्द्र कुमार आङ्बो (काठमाडौं), कर्ण विक्रम लिम्बू (सुनसरी), अमृत योङ्हाङ (झापा), चन्द्र कला सुब्बा (झापा), उतम कुमार लिङ्थेप (संखुवासभा), चन्द्र सिं नेम्बाङ (धनकुटा), विष्णु कुमारी तुम्बापो (इलाम), राज्य प्र. लुम्फुङ्वा (तेरथुम), ठाकुर सिं लिम्बू (ताप्लेजङ), मनोहर लिम्बू (लिम्बुवान प्रदेश), जीवन प्रकश सेर्मा (लिम्बुवान प्रदेश), विवेक योेङहाङ (लिम्बुवान प्रदेश), डा. भीम सुब्बा (लिम्बुवान प्रदेश), इक्सा सङबाङ्फे नाल्बो (लिम्बुवान प्रदेश), रेश्मा खेवाङ (नेवा ताम्सालिङ प्रदेश) र कविराज आङदेम्बे (नेवा ताम्सालिङ प्रदेश) रहेका छन् ।

Advertisement

बुधबार सम्पन्न भएको कियाचुको महाधिवेशनमा विधान सम्सोधनको सशक्त कार्यविधि तथा कियाचु स्थापना भएको ३३ बर्ष हँुदा समेत लिम्बु समुदायको हकाधिकार सम्बन्धमा खासै उपलब्धि नभएको बताइएको थियो । लिम्बू जातिहरुको जातिय संस्थाको रूपमा रहेको चुम्लुङले लिम्बू समुदायभित्र विवादित धर्म तथा जातीय बर्ग र समुदायको सभ्यता विकासको बिषयमा व्यापक छलफल गरिएको थियो ।

संस्थाले अब गाउँ गाउँमा रचनात्मक कार्यहरू लिएर नगएसम्म कुना कन्दरामा बसेका लिम्बु समुदायहरु कियाचु संस्थाप्रति उत्तरदायी बन्न नसक्ने बताइएको छ ।

यसैगरी प्रदेशको नामाङ्कन तथा धार्मिक,सांस्कृतिक र राजनीतिक समुदायको पहिचान साथै सभ्यताको एजेन्डा लिएर राज्यलाई प्रभाव र दबाब दिन चुम्लुङ चुकिरहेको औल्याइएको थियो ।

अधिवेशन पाँच दिनसम्म चलेको थियो ।