March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

3.3K

काठमाडौं । प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण फागुन २० बाट ३० गतेसम्म सुनसरी धरानमा सञ्चालन भएको थियो ।

विभिन्न १० जिल्लाबाट सहभागि ३०जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षक भरत बुडाथोकी, दिपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा प्रशिक्षण कार्यक्रम संयोजक प्राज्ञ अशोक राई सभापति तथा सदस्य सचिव प्राज्ञ श्याम तमोटको प्रमुख अतिथि रहेका थिए । त्यसैगरि राष्ट्रिय जन साँस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका संयोजन अम्बिका सम्बाहाङ्फे लगायत समाजसेवी तथा कलाकर्मीहरुको उपस्थितिमा समापन समारोह कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राज्ञ श्याम तमोटले शिक्षा मन्त्रालयसँग समन्वय गरि प्रतिष्ठानले तयार पारेको मौलिक लोकबाजा पाठ्यपुस्तक अनुसार स्कुल स्तरमा प्रशिक्षण गराउन पहल गर्ने बताए । प्रसस्त व्यावसाहिक मौलिक लोकबाजा बाध्यबादक उत्पादन गर्ने उदेश्यका साथ यो प्रशिक्षण अभियान थालिएको कार्यक्रमका सभापति तथा संयोजक प्राज्ञ अशोक राईले बताए ।

Advertisement

प्रशिक्षण कार्यक्रम धरान स्थित मुनाल साँस्कृतिक केन्द्र र रोयल डान्स एकेडेमीमा सञ्चालन भएको थियो । अब चैत २२ बाट बिषेशतः थारु समुदायलाई लक्षित गरि दाङमा लुम्बिनी प्रदेश स्तरीय थारु मादल प्रशिक्षण गराईने कार्यक्रम संयोजक संगीत विभाग प्राज्ञ अशोक राईले जानकारी दिए ।