March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

पाँचथरमा ६ सय २ घरधुरीलाई ड्रम र बाल्टी वितरण

2.8K

यासोक । पाँचथरको फाल्गुनन्द गाउापालिका–६ नम्बर वडा कार्यालयले ड्रम र बाल्टी वितरण गरेको छ । सोमवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाबासीलाई ड्रम, बाल्टी र सावुन वितरण गरेको हो ।

वडाका ५१ दलित घरधुरीलाई जनही पाच सय लिटरको ड्रम र साबुन वितरण गरेको छ । त्यस्तै अन्य ५ सय ५० घरधुरीलाई धारो सहितको बाल्टी र साबुन वितरण गरिएको वडा सचिव जय बहादुर तामाङले जानकारी दिए ।

वडाको चालु आर्थिक वर्ष २०७८-०७९ को ६ लाख बजेटबाट ड्रम, बाल्टी र साबुन खरिद गरी ६ सय २ घरधुरीलाई वितरण गरेको वडा अध्यक्ष नारायण प्रसाद आङ्देम्बेले बताए । उनले खानेपानीको जोहो गर्न र कोरोना भाइरसबाट बच्न नियमित साबुन पानीले हात धुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रम, साबुन र बाल्टी वितरण गरेको बताए ।

Advertisement