May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

नेपाल आयाल निगमको कार्यकारी निर्देशकमा उमेश थानी

२०७८ फाल्गुन २७

690

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । थानीलाई बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राललयले गठन गरेको कार्यकारी निर्देशक छनोट समितिले इन्जिनियर उमेशप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम मन्त्रालयलाई सिफारिस गरेको थियो ।

आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी २२ पुसमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बिदा भएपछि २ महिनादेखि निगम कार्यकारी निर्देशकविहीन बनेको थियो ।

Advertisement

थानी यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य अर्थात् सञ्चालक भइसकेका छन् । अब थानीले ४ वर्षका लागि निगमको नेतृत्व सम्हाल्ने भएका छन् ।