काठमाडौैं । ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा याक्थुङ युवा मञ्च काठमाडौंले ‘लिम्बु महिलाहरुको सार्वजनिक उपस्थिती र अवस्था’ विषयक कार्यक्रमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालका गैरआदिवासी जनजाति महिलाहरु राजनीतिक, धार्मिक र पितृसत्तात्मक सोचका कारण विभेदमा परेको बताएका । अन्य महिलाहरुको तुलनामा स्वतन्त्र र स्वाधिन रहेतापनि पछिल्लो समय लिम्बु समुदायमा हिन्दूवादको प्रभाव पर्दै गरेको वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै त्रिभूवन विश्वविद्यायका सहप्राध्यापक बालकृष्ण माबुहाङले भने, ‘गैरआदिवासी महिलाहरुको तुलनामा आदिवासी लिम्बु महिलाहरुमा निर्णय गर्ने क्षमता, स्वाधिनता र स्वतन्त्रता बढी छ । यद्यपि पाराकोनोनियाजम र कोलोनियाजमका कारण शिक्षा र विश्व शिक्षाले आदीवासी जनजाती महिलाको मूल्य मान्यताहरुमा हस्तक्षेप भएको हो ।’ हिन्दूवाद र पितृसत्तात्मक सोचका कारण पनि आदिवासी महिलाहरुको अधिकारमाथि आँच पुगेको माबुहाङको आरोप थियो । त्यस्तैगरी पाराकोलोनिज्मले दिएको स्रोत, बिज्ञान र ज्ञानले पनि लिम्बु महिलाहरु विभेदमा पर्न थालेको उनले बताए । ‘लिम्बु महिलाहरुमा पूरुषको देवता हुँदैन, महिलाको जग्गा हुँदैन । जस्तै मेरो आमा तुम्वाहाम्फे, मेरो बोजु लावती, हाम्रो कल्चर अनुसार आमाहरुले ल्याउनु भएको साम्माङ देउता । साथै विश्वमै महिला विभेदको कुसंस्कार रहेकाले नेपालमा पनि महिला विभेदको समस्या रहेको छ ।’, माबुहाङले थपे ।
याक्थुङ लिम्बु समाजका महिलाहरुमा देवता हुने पुरुषमा नहुने र पुरुषमा जग्गा हुने महिलामा जग्गा नहुने संस्कार रही आएको माबुहाङले उल्लेख गरे ।
उनले भने, ‘लिम्बु महिलाहरुमा पूरुषको देवता हुँदैन, महिलाको जग्गा हुँदैन । जस्तै मेरो आमा तुम्वाहाम्फे, मेरो बोजु लावती, हाम्रो कल्चर अनुसार आमाहरुले ल्याउनु भएको साम्माङ देवताको भाग मलाई लागेन । सबै दिदीहरुले लगे । मेरो भागमै लागेन । मेरो भागमा लाग्ने चाही श्रीमतीले जे ल्याउछ त्यो लाग्ने हो । यहाँ पुरुषले किन देउता पाएनन् ? यहाँ पुरुषलाई विभेद भयो । उता जग्गा चाही पुरुषहरुको भयो । महिलाको भागमा जग्गा त पाइन । यो प्रकारका विभेद चाही हाम्रो लिम्बु समुदायमा विभेद छ,’ उनले बताए ।
बोल्ने क्रममै अर्का वक्ता अधिवक्ता अमृता थेबे लिम्बुले धार्मिक, राजनीतिक जस्ता कारणले लिम्बु महिलाहरुमा विभेद अलि बढी बढेको उल्लेख गरिन् । उनले भनिन्, ‘जनजाती लिम्बु महिलाहरुमा केही विभेद रहनुमा मैले देखेको कुराहरुमा पहिलो पीतृसतात्मक समाज हो । यसमा कहिले महिला हक अधिकारको कुरा उठ्दैन । शारीरिक सम्पर्क, सम्पति र स्वतन्त्रता सबै पुरुषले नियन्त्रण गरेर राख्छ । यो भएपछि महिला अधिकार र परीचयको कुरा उठ्नै पाउदैन । दोस्रो कुरा हिन्दुवादका कारण महिलाको मान्यता र मूल्यका कारण जनजाति महिलाहरुमा नकारात्क प्रभाव परेको छ । जस्तै जयस्थिती मल्लका पालामा खस आर्य महिलाले उसको श्रीमानालाई परदेश गएमा ६ वर्षसम्म पर्खिनुपर्ने । तर सुद्र जातिका महिलाहरुलाई पर्खिन आवश्यक थिएन् । र, तेस्रो कारण सत्ता जस्तो पृथ्वीनारायण शाहको पालादेखि नै सत्ताको चहलखेल भयो ।’
नेपालमा पुरुषमैत्री कानुनका कारण पनि महिलाको हक अधिकारका बारेका विषयहरु नउठेको र त्यसकै चपेटामा लिम्बु तथा आदिवासी महिलाहरु पनि चपेटामा परेको वक्ताहरुको भनाइ छ ।
याक्थुङ युवा मञ्च काठमाडौं अध्यक्ष संगीता सुहाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण अरुना लिम्बुले गरेकी थिइन् ।
कार्यक्रमका अन्य तस्वीरहरू ।