May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

ढाका उद्यमी यमुना सम्मानित

२०७८ फाल्गुन २४

3.1K

धरान । ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छन् । धरान उपमहानगर पालिका र महिला सन्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यकममा प्रदेश १ का माननीय प्रदेश सभा सभामुख प्रदिप कुमार भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो ।

बिगत चार बर्षदेखि धरानमा चौबिसे सङ्यक ढाका उद्योग सन्चालन गर्दै आइरहेकी सङ्यकले महिला दिदिबहिनीलाई रोजगार दिनुका साथै सफल महिला व्यावसायी भएकोले सम्मान गरिएको आयोजक बताउछन् ।

उनको उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब एकसय जना भन्दा धेरै महिला दिदिबहिनीले रोजगार पाईरहेका छन् । उनले आफ्नो उद्योगको हातेतानबाट उत्पादित मौलिक नेपाली ढाका कपडा नेपाल बाहेक युरोप, अ्मेरिका लगायत करिब डेड दर्जन देशहरुमा समेत नेपाली ग्राहकमाझ निर्यात गर्दै आएकी छन् । व्यावसायसँगै सामाजिक र सांस्कृतिक सेवामा समेत यमुना सक्रिय छन् ।

Advertisement

बोल्ने क्रममा सम्मानले अझ सक्रिय रुपले काम गर्ने हौसला र प्रेरणा मिलेको बताउदै आगामी दिनमा महिला दिदिबहिनीको आर्थिक समृद्धिका साथै अन्य प्रेरणादायी काम गर्ने प्रतिबद्दता जनाएकी छन् ।

उक्त कार्यक्रममा उनीसँगै धरान महानगरभित्रका विभिन्न क्षेत्रमा सक्रिय अन्य महिला समेत सम्मानित भएका थिए ।
प्रमुख अतिथि माननिय प्रदेश सभा सभामुख प्रदिप कुमार भन्डारी ज्युले अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिदै महिला अधिकार र आर्थिक समृध्दिका लागि राज्य प्रतिवद्द भएको बताएका छन्। उक्त कार्यक्रम महिला सन्जाल धरान उपमहानगर समितिका अध्यक्ष चेतना श्रेङको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको समापन धरान उपमहानगरका मेयर तिलक राईले गर्नु भएको थियो।