March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश

२०७८ फाल्गुन २४

1.7K

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको वलेफी गाउँपालिका केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

एमाले बागमती प्रदेश सदस्य समेत रहेका क्षेत्रीले पार्टीप्रति असन्तुष्टि जनाउँदै दुई साताअघि एमाले परित्याग गरेका थिए ।

आज आयोजित एक समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिँदै क्षेत्री लगायतलाई नेपाली कांग्रेसमा स्वागत गरे ।

Advertisement

पालिका अध्यक्ष क्षेत्रीसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण क्षेत्री, नेता विष्णु तिमिल्सिना लगायत पनि एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरु सबैलाई सभापति देउवाले पार्टी सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् ।