March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

माओवादी केन्द्रले वडा र टोलसम्म सञ्चार शाखा बनाउने

२०७८ फाल्गुन २३

3.3K

काठमाडौं । सोमबार राजधानीमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले टोलसम्म नै सञ्चार तथा प्रसारका शाखा गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना सञ्चार तथा प्रचार सम्बन्धि कार्यक्रम अन्तर्गत ती शाखा निर्माण गरी प्रचारकाकामलाई तीब्रता दिन लागेको हो ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत दुई महिने अभियान अन्तर्गत सामाजिक सञ्जालमा प्रचार समूहहरु निर्माण गर्ने र उक्त दुई महिने अभियानका गतिविधिहरुको व्यापक प्रचार प्रसार गर्ने निर्णय गरेको हो । उक्त अभियानमा अन्य महत्वपूर्ण सूचना तथा समाचारहरु संकलन गर्ने पनि निर्णय गरेको छ ।

Advertisement