May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

ललितपुरमा पाँच जनाको निसासिएर मृत्यु

२०७८ फाल्गुन २३

525

काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर ज्यान गएको पुष्टि भएको छ ।

बेहोस अवस्थामा भेटिएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको बताएका ललितपुरका प्रहरी प्रवक्ता एवं एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । सुभाष तामाङको अहिले पनि उपचार भइरहेको छ ।

डाक्टरका अनुसार ज्यान जानुमा अरू कारण खासै देखिएको छैन । आइतबार बेलुका खाना खाएर सुतेका ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तान, उनकी बुहारी शुष्मा, नाति आशिष, नातिनी आश्मा र दुई दिनको शिशुको सोमवार बिहान ज्यान गएको हो ।

Advertisement

प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरू नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरू बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।