तनहुँको दमौली ब्यास नगरपालिका ४ स्थित भुपाल हार्डवेयरमा लागेको आगो निभाउन काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टर पठाइएको छ । आज बिहान करिब १० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन।
आगो निभाउन तनहुँका सांसदसमेत रहेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसान हेलिकोप्टर लिएर पुगेका हुन् । हेलिकोप्टरले मादी नदीको पानी ल्याउँदै दमौलीमा लागेको आगो निभाउने गरिरहेको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन तर हार्डवेयरमा रहेका सामानहरू जलेका छन् ।
आगलागि बिजुली सर्ट भएर भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।