May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

अस्पतालको उपचार कक्षभित्रै पस्यो भालु

२०७८ फाल्गुन २०

490

ताप्लेजुङ । जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । अस्पतालका अनुसार बिहीवार राति ११ बजेको समयमा अस्पतालको प्रसूति कक्षमा भालु पसेको हो ।

अस्पताका एक चिकित्सकका अनुसार भालु पसेको चपचार कक्षमा बिरामी भने थिएन । भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले त्यही कोठामै नियन्त्रणमा छ । उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति भालु पसेको हो ।

भालुको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ । उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि सहजै नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको पनि जनाइएको छ ।

Advertisement