June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

करेन्ट लागेर एक वृद्धको मृत्युु

२०७८ फाल्गुन १८

3.1K

काठमाडौं । रौतहटमा एक वृद्धको करेन्ट लागेर मृत्यु भएको  छ । करेन्ट लागेर ६२ वर्षीय  हरिनारायण राउत बरैको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ आफ्नै मकै बारीमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर  वृद्धको मृत्यू भएको हो ।

बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ​ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।