August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

पाँचथरमा थपिए १६ हजारभन्दा बढी मतदाता

2.3K

फिदिम । जिल्ला निर्वाचन कार्यालय पाँचथरको प्रारम्भिक तथ्याङ अनुसार पाँचथरमा १६ हजार १ सय ४१ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् ।पाँचथरमा २०७४ सालको अन्तीम नामावलीमा १ लाख २५ हजार २ सय २१ जना मतदात थिए । अहिले १६ हजार १ सय ४१ मतदाता थपिएर १ लाख ४१ हजार ३ सय ६२ जना मतदाता पुगे जिल्ला निर्वाचन कार्यालय पाँचथरले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखी १९ पुससम्म संचालन भएको थियो । पहिलो चरणको मंसिर १७ गतेदेखि २६ गतेसम्म र मंसिर २९ देखि पुष ९ सम्म दोश्रो चरणको मतदाता नामावली संकलन अभियान सञ्चालन भएको थियो । दुई चरणको अभियान र प्रशासन कार्यलय मार्फत दर्ता भएको नामावली अनुसार पाँचथरमा १६ हजार १ सय ४१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

निर्वाचन कार्यालय पाँचथरका अनुसार सवै भन्दा बढि फिदिम नगरपालीकामा नगरपालिकामा ४ हजार ९ सय ३ नयाँ मतदाता थपिएका छन भने सवै भन्दा कम तुम्बेवा गाउँपालिकामा ५ सय ५७ जना मात्र नयाँ मतदाता थपिएका छन । त्यस्तै मिक्लाजुङ गाउँपालिकामा १८ सय ३३ जना, फाल्गुनन्द गाउँपालिकामा २९ सय ७० जना, कुम्मायक गाउँपालिकामा ११ सय ५९ जना, फालेलुङ गाउँपालिकामा, २ हजार ४ जना, याङवरक गाउँपालिकामा १६ सय ८० जना र हिहिहाङ गाउँपालिकामा १८ सय ४५ जना नयाँ मतदाता थपिएका छन ।
यो प्ररम्भीक तथ्याङक मात्र रहेको जिल्ला निर्वाचन कार्यालका प्रमुख कुमारप्रसाद भट्टराईले बताए ।

Advertisement