November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

4.1K

झापा : जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मेचीनगर नगरपालिका( १३ स्थित चारआली निवासी ७१ वर्षीय खम्बासिंह कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सोमबार बिहान ३ बजे कार्कीको घरमै अन्न खान आएका हात्ती धपाउने क्रममा उनलाई हात्तीले कुल्चिँदा गम्भीर घाइते भएका थिए  घाइते उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो। 

उनको बिहान ९ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले बताए। कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ। केही दिनअघि मात्र जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ निवासी ६३ वर्षीय गणेशबहादुर अधिकारीको मृत्यु भएको थियो।

Advertisement