November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलामकी युवन्तिकाले सगरमाथा आरोहण गर्ने

2.4K

काठमाडौं : सूर्योदय नगरपालिका–१० इलाम निवासी २८ वर्षीया युवन्तिका तामाङले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन्। उनले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिट उचाइसम्म आरोहण गरिसकेकी छन्।

इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहेकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम महिला आरोही हुनेछिन्।

बाइक राइडिङलगायतका साहसिक खेलमा रुचि राख्ने युवन्तिकाको प्रयासले इलामको पर्यटन प्रचार गर्न  मद्दत पुग्ने बताइएको छ।

Advertisement

पर्वतारोहणको जोखिम उठाएर इलामको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन प्रतिबद्ध युवन्तिकाको यो अभियान अत्यन्त खर्चिलो छ।

यो युवा जोशलाई सबैले सहयोग गरेर उनको अभियानलाई सफल बनाउन इलाम विकास समाज, काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीले अपिल गरेका छन्।