November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ब्राउन सुगरसहित भोजपुरबाट दुई ट्रक चालक पक्राउ

2K

भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको  हो।

भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए। उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६०० रूपैयाँ नगद बरामद गरेको अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङको केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ का ३७ वर्षीय दलबहादुर मगर रहेका छन्। नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए।  

Advertisement