विराटनगर । पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा झापाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । झापाका कचनकवल र हल्दिबारी गाउँपालिकाले पुस २७ गते ‘राष्ट्रिय एकता दिवस’ भव्य रूपमा मनाउन सूचना निकालेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कचनकवलका अध्यक्ष अन्जरा आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका मातहत सञ्चालित सबै निकाय, विद्यालय बन्द रहने जनाएको छ ।
हल्दिबारीले पनि पालिकाका सबै कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय, शैक्षिक संस्थामा बिदा गरिएको हो ।
यी दुवै गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित हुन् ।
