चितवन : नारायणीको पुलबाट नदीमा हाम फालेकी एक किशोरीको मृत्यु भएको छ। आज दिउँसो करिब १२ः५५ बजे पुलमाथिबाट अन्दाजी १८ वर्षीया किशोरीले नदीमा हाम फालेकी थिइन्।
स्थानीयले देखेपछि नारायणघाट वडा प्रहरी कार्यालयको टोली उद्धारमा जुटेको थियो। किशोरीलाई प्रहरीले उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगेको थियो।
उपचारका क्रममा १ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। किशोरीको सनाखत अझै हुन सकेको छैन।
शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। मृतक किशोरीलाई आफन्त वा चिनजानको व्यक्तिले सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ।