April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

स्थानीय तहका २३२ कर्मचारीको सरुवा

4.1K

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत थप दुई सय ३२ कर्मचारीको सरुवा गरेको छ । लोकसेवा आयोगबाट सिफारिस भई विभिन्न स्थानीय तहमा कार्यरत दुई सय ३२ कर्मचारीको मन्त्रालयले आज सरुवा गरेको हो ।

कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। यसअघि गत मंसिर २१ गते पनि मन्त्रालयले एक हजार ६१३ कर्मचारीको सरुवा गरेको थियो।

mostbet

‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। 

Advertisement