धनकुटा । धनकुटाको ६ नम्बर बुधबारेमा बाढीपीढितहरुलाई राहत वितरण गरिएको छ । २०७८ असोज ३१ गते देखिको अबिरल बर्षाले बढी क्षती पुर्याएका ७३ बाढीपीडित घरदुरीलाई राहत बितरण गरिएको हो ।
पाँचथरको मिक्लाजुङ गाउपालिकाको वडा नम्बर ७ र ८, धनकुटा चौबिसे गाउपालिकाको वडा नम्बर १ र २ गरि ७३ घर दुरीलाई ६ नम्बर बुधबारे बजारमा राहत वितरण गरिएको छ भने बाकी मिक्लाजुङ गापाउपालिका ५ चिसोपानीमा २७ घर दुरीलाई राहत वितण गरिनेछ ।
बाडिपिडितहरुलाई एक घर बराबर २५ के जी चामल, १० के जी आटा, दाल, नुन, तेल, चिनी, साबुन गरी ५ केजी बितरण गरिएको थियो ।
चुजी फाउन्डेसनको सहयोगमा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता जनता समाजवादी पार्टी, नेपालका जनसङ्गठन समाजवादी युवा संघका केन्द्रीय कोषाध्यक्ष तथा समावेशी समाज विकास, नेपालका अध्यक्ष श्री मनकला लिम्बूले गरेका थिए भने कार्यक्रमको सहजिकरन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओती, जसपाका केन्द्रिय सल्लाह हेमकर्ण तुम्सा , जसपा प्रदेश नम्बर १ का सदस्य श्री रामरायमाझी, जसपा मिक्लाजुङ्ग गाउँपालिका सह–सचिव नेल्कन माखिम, जसपा मिक्लाजुङ– ८ का अध्यक्ष गङ्गा लावतीले गरेका थिए ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा बियोन बेजिङ्ग नेपालका अध्यक्ष सुशीला श्रेष्ठले चु जी फाउन्डेशन मार्फत नेपालका लागि ७०० घर दुरीलाई राहत वितरणका लागि पहल गरेकी हुन् ।