November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आठ दिनदेखि बेपत्ता चन्द्रे कामी भेटिए

2.8K

काठमाडौं : अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले बेपत्ता पारिएका भनिएका हुम्लाका चन्द्रे कामी फेला परेका छन्। 

आज बिहान खार्पुनाथ गाउँपालिकामा हिँड्दै गरेको अवस्थामा चन्द्रेलाई प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्‍लाले जनाएको छ।

बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर धनसिंह भण्‍डारीले जानकारी दिए। उनकाअनुसार उनी सकुसल अवस्थामा भेटिएका हुन्। उनमा कुनै चोट पटकसमेत नदेखिएको भण्‍डारीले बताए। उनलाई सदरमुकाम ल्याइँदैछ।

Advertisement

हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रले मुगुको सोरुकी रमिला मल्ललाई भगाएपछि मंसिर २९ गते माइती पक्षका युवाहरूले घरबाटै राति लिएर गएका थिए। त्यस दिनदेखि चन्द्रे सम्पर्कविहीन थिए।