November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गुल्मीमा भीरबाट लडेर दम्पतीको मृत्यु

4.1K

गुल्मी : गुल्मीमा भीरबाट लडेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका–१ का २६ वर्षीय मनु सार्की र निजकी श्रीमती २५ वर्षीया ज्ञानु परियार बाङग्रेस्थित सिख्राको सामुदायिक वनको भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

उनीहरूको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

Advertisement

उनीहरूको शव गुल्मी अस्पतालमा राखिएको र शनिबार पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।