June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

इटहरीमा आफ्नै भेनाजुको हत्या गरेको अभियोगमा पक्राउ

1.8K

धरान । इटहरीमा आफ्नै भेनाजुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उप–महनगरपालिका–४ का १९ वर्षीय अर्जुन राई रहेका छन् ।

प्रहरीका अनुसार राईले ५१ बर्षीय भिनाजु मुरारी गिरीको छुरा प्रहार गरी हत्या गरेका छन् । गिरीकै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।