January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

दाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु

4.8K

दाङ । दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका(३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

mostbet

दुर्घटनामा परी घाइते भएकाहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए ।

Advertisement

जीप सडकबाट करिब २ सय मिटर तल खेतमा खसेको छ । जीपमा १३ जना यात्रु रहेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।