January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

तीन देशका राजदूतकाे नाम संसदीय समितिबाट अनुमोदन

380

काठमाडौं : प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले तीन देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ।

सोमबार बसेको समितिको बैठकले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो।

सरकारले बेलायतमा ज्ञानचन्द्र आचार्य, भारतमा डा. शंकर शर्मा र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो। सोमबारको बैठकले उक्त नाम अनुमोदन गरेको हो।

Advertisement

सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि विभिन्न प्रश्न गरेका थिए। संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ।