January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

विद्यालयका छात्राछात्रहरुलाई न्यानो कपडा र स्टेसनरी वितरण

375

पाँचथर । यासोक जनसेवा समाज पाँचथरले विद्यालयका छात्राछात्रहरुलाई न्यानो कपडा र स्टेसनरी वितरण गरेको छ । कुम्मायक गाउापालिका-५ को गुह्येश्वरी निम्न माध्यमिक विद्यालयका ५६ जना छात्राछात्रलाई शनिवार न्यानो कपडा र स्टेसनरी वितरण गरेको हो ।

दाताहरुको सहयोगमा कक्षा १-८ का ५६ छात्राछत्रहरुलाई उक्त समाग्रीहरु बितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । समाजको समन्वयमा सिभिल बैंक फिदिम शाखा प्रमुख राजु पौड्यालको १० हजार, जिल्ला अस्पतालका हेल्थ असिस्टेन सोमनाथ दङ्गाल १० हजार, फिदिम १ घर भइ हाल मलेसियामा कार्यरत कुमार ओझा ५ हजार र सापकोटा पुस्तक पसलका सञ्चालक नुम सापकोटाको ५ हजार गरी ३० हजार मुल्यको शैक्षिक सामाग्री वितरण गरिएको समाजकी कोषाध्यक्ष देविमाया रिमाल (बुढाथोकी)ले जानकारी दिइन् । चिसो मौसम बढेसँगै बालबालिकाहरुलाई दाताको सहयोगमा समाजले स्कुल स्वीटर, तथा स्टेसनरी सामाग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्री बितरण कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी विद्यालयका प्रधानअध्यावक भक्तबहादुर तामाङ लगायतका अतिथिहरुले सामुदायिक विद्यालयका जेहेन्दार र विपन्न बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा समाजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

Advertisement

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको हो ।