January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा हिमपात, सतर्क रहन आग्रह

620

लमजुङ । बिहीबारदेखि माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा हिमपात भएपछि हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने हिउँ पर्न थालेपछि चिसो बढेको मनाङका एक स्थानीयले बताए ।

Advertisement

माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ ।