January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

मन्दिरमा जात्रा हेर्न गएका एक युवा मृत अवस्थामा फेला

420

काभ्रे । महाभारत गाउँपालिका–४ कोलटार बस्ने ३५ वर्षीय जगत बहादुर अछामी सोही ठाउँस्थित पशुपति मन्दिर नजिक झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उक्त मन्दिरमा जात्रा हेर्न गएका उनी बिहानसम्म सम्पर्कमा नआएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देविटार र प्रहरी चौकी फोक्सिङटारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त झाडीमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement