January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

कवि दीपा मेवाहाङ राईको “फूल जस्तो मुस्कान तिम्रो”

765

नडाहा । कवि दीपा मेवाहाङ राईको “फूल जस्तो मुस्कान तिम्रो” बोलको गीत सार्वजनिक भएको छ । नेपाली साहित्यमा कलम चलाइरहेकी दीपा मेवाहाङ राईले सिर्जना गरेको सो गीतमा लोकप्रिय गायकद्धय उदय सोताङ र मनिला सोताङको स्वर रहेको छ । सङ्गीत पनि गायक उदय सोताङकै रहेको छ ।

माया र प्रेम विश्वासको प्रतीक हो, प्रेममा एक अर्काप्रती समर्पित हुनुपर्छ भन्ने सन्देश रहेको यो गीतको एरेन्ज कृष्ण लिम्बुले गरेका छन् ।

गीतकार राई हाल वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा छिन् । उनी नेपाली साहित्यमा निरन्तर रुपमा कलम चलाउदै आइरहेकी छिन् । उनको कविताहरू यो समयमा निक्कै रुचाइने कवितामा पर्दछन् ।

Advertisement

गीतको अडियो सार्वजनिक गरेकी दिपाले स्रोतहरुले रुचाए उक्त गीतको भिडियो पनि निर्माण गर्ने बताउछिन् ।

गीत दीपा राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।