January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

म्याग्दीमा जिप दुर्घटना : २ को मृत्यु, ६ घाइते

490

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाको चिलाउने खर्कमा यात्रुवाहक बोलेरो जिप आज साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

म्याग्दीको सदरमुकाम बेनीबाट सामानसहित यात्रु लिएर गाउँतर्फ लागेको ग १ ज ७२५२ नम्बरको जिप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा यात्रु खिमनाथ शर्मा र खिमु पुनको मृत्यु भएको छ भने घाइते ६ जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ।

Advertisement

म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले समेत दुई यात्रुको मृत्यु भएको पुष्टि गर्दै ६ जनालाई बेनी अस्पताल ल्याइएको जानकारी दिए। दुर्घटनामा चालक दुतबहादुर थापासहित ८ यात्रु सवार थिए। घाइतेमध्ये दुईजना गम्भीर रहेको बताइएको छ।

दुर्घटनास्थलमा स्थानीय बासिन्दासहित प्रहरीको टोली उद्धारमा खटिएको छ। जिप सडकबाट ३ सय मिटर तल खसेको थियो।