December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

बिशाल ग्रुपले निर्माण गर्दै गरेको घरबाट खस्दा एकको मृत्यु

260

काठमाडौं । काठमाडौंमा ४ तलाबाट खसेर एकजनाको मृत्यु भएको छ । महानगरपालिका–१ नक्साल भगवती बहालस्थित बिशाल ग्रुपले निर्माण गर्दै गरेको कल सेन्टर अफिसको ४ तलाबाट खस्दा एक भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत झारखण्ड घर भएका ३४ वर्षीय अथर आलम रहेका छन् । उनी काठमाडौं सोह्रखुट्टे बस्दै आएका थिए ।

लेवर काम गर्ने क्रममा एक्कासि भुइँमा खसेर गम्भीर घाइते भएका उनको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement