December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

एमाले पार्टीभन्दा पनि भक्तहरुको समूह जस्तो भयो: वामदेव गौतम

280

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले आफू केपी ओली एमालेमा रहेसम्म उक्त पार्टीमा नजाने बताएका छन् । उनले अहिले एमाले केपी ओलीले भनेको कुरालाई जस्ताको जस्तै मान्ने अवस्थामा रहेको भन्दै एमालेमा ओली रहेसम्म जनाले बताएका हुन् ।

त्यसैगरी गौतमले अहिले एमाले पार्टीभन्दा पनि एउटा भक्तहरुको समूह जस्तो भएको बताएका छन् । उनले केपी ओलीले सहि कुरालाई गलतभन्दा गलत र गलत कुरालाई सहिभन्दा सहि हुने जमात पार्टीभित्र बढेको बताए ।

उनले बीबीसीसँग कुरा गर्दै केपी ओलीले अहिलेसम्म आत्माआलोचना गरेको आफूले नदेखेको बताए । उनले आफूले ओलीलाई ठूलो सहयोग गरेको तर ओली अरुलाई काम लगाउने र गुण तिर्न नजान्ने व्यक्ति भएको टिप्पणी गरे ।

Advertisement