January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

आफ्नै छोराछोरीमाथि एसिड आक्रमण गर्ने पक्राउ

720

काठमाडौं । आफ्नै छोराछोरीलाई एसिड आक्रमण गरी घाइते बनाउने सोलुखुम्बुका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका–५ सल्लेरीका ५० वर्षीय मोहन बराइलीले रहेका छन् ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका बराइलीले सोमबार राति २५ वर्षीय छोरा सुरज र १५ वर्षीया छोरी सुजितामाथि एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहारपछि घाइते भएका दुबै जनालाई उपचारका लागि वीर अस्पताल काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि वीर अस्पताल ल्याइएको हो ।

Advertisement

प्रहरीका अनुसार केही दिनयता मोहन छोरासँग झगडा गरिरहेका थिए ।

मोहनलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । घाइतेमध्ये सुरजको घाँटीमा र सुजिताको हातमा चोट लागेको छ ।

मोहनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।