January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

460

सुर्खेत । सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नुपर्ने भएकाले विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो । विमानस्थल १० मंसिरदेखि ५ पुससम्म बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।


विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने जनाएको छ । सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

Advertisement