January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

एकनाले भरुवा बन्दुक राखेको भन्दै धनकुटाका लिम्बु पक्राउ

2.5K

धनकुटा । धनकुटा जिल्ला छथरजोरपाटी गाउँपालिका–३ का एकजना भरुवा बन्दुक सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बु रहेका छन् ।

लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेका हो ।

राजनले गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेका प्रहरी चौकी छथरजोरपाटीले जनाएको छ ।

Advertisement