January 23, 2022, Sunday
२०७८ माघ ९
1:37:26 pm

ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाइते

650

उदयपुर । जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् ।

कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट-नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने २१ जना सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।

Advertisement

बस्ती अगाडि दुर्घटना भएकाले स्थानीयबासीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले बताए ।