January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ

२०७८ कार्तिक २९

305

काठमाडौँ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङ्गमा पक्राउ गरिएको छ । उनलाई तमुहरुले गिरफ्तार गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्‍याएका हो ।

यस विषयमा आफ्नो कार्यालयमा विना थापासहित स्थानीयहरु आएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए । यस विषयमा के गर्ने भनेर छलफलपछि निर्णय गर्ने वैद्यले बताए ।

Advertisement