January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

मंसिरदेखि पाँच प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने

२०७८ कार्तिक २८

595

काठमाडौं : सरकारले आगामी मंसिरदेखि पाँच प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसका लागि राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ।

मन्त्रालयका अनुसार मंसिर १ गतेदेखि बागमती र गण्डकी प्रदेशमा प्लेट जडान गर्ने व्यवस्था लागू हुने छ। फागुन १ गतेदेखि लुम्बिनी र कर्णाली प्रदेशमा लागू हुनेछ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा भने जेठ १ गतेबाट यो व्यवस्था लागू हुनेछ। नयाँ सवारी दर्ता,सवारी नामसारी,सवारी प्रमाणपत्र नवीकरणमा यो व्यवस्था लागू गरिनेछ।  सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सम्पर्क गरी प्लेट जडान गर्न सकिने मन्त्रालयले जनाएको छ।  

Advertisement