January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

रोल्पा जिप दुर्घटनाका मृतक चार जनाको सनाखत

२०७८ कार्तिक २८

340

दाङ : रोल्पामा भएको जिप दुर्घटना परी मृत्यु हुने चार जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा गाडी चालक माडी–६ हान्निङका ५१ वर्षीय रुद्र घर्तिमगर, सोही ठाउँकी १८ वर्षीया लीला पुनमगर, ५३ वर्षीय टेक बहादुर पुनमगर, र हान्निङकी ४७ वर्षीया चौसरा विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

तीन जनाको घटनास्थलमै र लीलाको उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए।

Advertisement

प्रहरीका अनुसार दुर्घटनामा १९ वर्षीया बिना घर्तीमगर र ६१ वर्षीया पञ्चना विक गम्भीर घाइते भएको र घर्तीलाई जिल्ला अस्पताल रेउघामा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ।

विकको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ। माडी–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको पिकअप जिप बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो।

जिपमा चालकसहित ६ जना सवार थिए। ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीको छ। जिप सडकदेखि करिब साढे तीन सय मिटर तल खसेको छ।