January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

देउसी खेलेर मृगौला पीडितलाई आर्थिक सहयोग

२०७८ कार्तिक २७

1.2K

धनकुटा । मिम्जिफुङ प्रेजेण्ट मिडियाको आयोजनामा २०७८ सालको दिपावलीमा देउसीभैलो खेलेर मृगौला पीडितलाई सहयोग गरिएको छ । देउसी खेलेको रकमले चौविसे गाउँपालिका वडा नं. ८ सम्मेवा निवासी मृगौला पीडित एलिना लिम्बूलाई नगद रकम रु. ४५,००० मिडियाको जम्बु टिमले शुक्रबार हस्तान्तरण गरेको हो

मिम्जिफुङ प्रेजेण्ट मिडियाका अनुसार धनकुटाको चौविसे गाउँपालिका डाडाबजार, राजारानी, लोकफादेन, गिद्धे, थाप्रोङ, हाङ्फाबुङ, आइतबारे र मोरङको जेफाले, प्रतिभा लेचाङगो लगायत स्थानहरुमा देउसीभैलो खेल्ने क्रममा दक्षिणा रकम रु. ९५६५१ रुपैया संकलन भएको थियो । जसमध्ये विविध आवश्यक खर्च कटाई रु.४०५०० रुपैयाँ मिडियाको कोष निर्माण गर्न श्री चौविसेसमाज कल्याण कृषि सहकारी संस्था लि. मा १२% ब्याजदरले आवधिक बचतमा राख्ने र रु ४५००० रुपैयाँ बिरामिलाई प्रदान गरिएको हो ।

उक्त रकम एलिना बचाउ सहयोग समितिको संयोजक भिम कार्की, सचिव हृदय थेगिम, सदस्य टेकबिर युङ्साहाङ, सदस्य दिपेन्द्र खजुम, सदस्य भिमा लिम्बु, सदस्य शान्ती चेम्जोङ, मिडियाका राजेश किराँती, श्रीमान खजुम, सर्गम खजुम, कबिन लिम्बू, र सहभागी आराम थेगिम, कृष्ण खजुम,कमला तुम्बापो, दिलकुमार लिम्बु लगायतको उपस्थितिमा चौविसे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष धनबहादुर खजुमको हातबाट बिरामीलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

एलिना लिम्बू विगत ७ बर्षदेखि एसएलइ नामक रोगबा ग्रसित हुनुका साथै दुवै मृगौला फेल भएपछि उनी दैनिक औषधि शेवन गर्दै आइरहेकी छन् । उनलाई माषिक औषधि उपचारको लागि २० हजार बराबरको खर्च हुन्छ । उपचार खर्च अभियन्ता तथा सहयोगी मनहरुबाट जटाइरहेको मृगौला पिडित एलिनाले जानकारी दिइन् ।