January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

२२ जना जुवाडे पक्राउ

२०७८ कार्तिक २६

740

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने संजिव देउलाको घरमा तास खेलिरहेको अवस्थामा देउला लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलको टहरामा तास खेलिरहेको अवस्थामा सोही नगरापलिका–५ बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८६ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।