January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

मोतिपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने सरकारको निर्णय

२०७८ कार्तिक २३

750

काठमाडौं । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको हो । २४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

Advertisement