January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

२०७८ कार्तिक २२

525

काठमाडौं । कैलालीको जोशीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जोशीपुर गाउँपालिकाको वडा नम्बर ५ सिमरामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परि जिल्लाको लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको हो । मोटरसाइकलमा चारजना सवार थिए ।

दुर्घटनामा परि गम्भीर घाइते भएका रोकायालाई धनगढीस्थित निसर्ग अस्पतालमा पु¥याएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार लम्की चुहा नगरपालिका वडा नम्बर ७ कै २५ वर्षीय अभिसेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फोहर फाल्ने फलामको ड्रममा ठोक्किएर दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनामा मृतक रोकायासहित लम्कीचुहा वडा नम्बर ७ कै मोटरसाइकल चालक २५ वर्षीय अभिसेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी घाइते भएका थिए । घाइते भएपछि रोकायासहित ४ जनालाई उपचारको लागि धनगढीस्थित निसर्ग अस्पताल पु¥याइएको थियो ।

सामान्य उपचारपछि डिस्चार्ज भएका अन्य तीन जना घाइतेहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।