January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान

२०७८ कार्तिक २१

735

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् ।

इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वविद्यालयमा हुने बिशेष सभाको सम्बोधन गर्न भारत प्रस्थता गरेका हुन् । बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्ने छन् ।

ढकालको भ्रमण दलमा परिवार दलका प्रवक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी सहभागी छन् ।

Advertisement

सम्मेलनमा कोभिड –१९ पश्चातको विश्व व्यवस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नेछन् भने भारतका महामहिम उपराष्ट्रपति एम. वेंकैया नायडुले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालको राजनीतिमा विषेश प्रभाव राख्ने नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको पछिल्लो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।