January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

झ्यालमा राखेको दियोबाट सल्केको आगोले घर जलेपछि म्ह पूजा मनाइरहेका एकै घरका चारको मृत्यु

२०७८ कार्तिक २०

685

काठमाडौं । पाटनस्थित एक घरमा आगलागि हुँदा १० वर्षीय बालकसहित एकै परिवारको चारजनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेका छन् । छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार घाइते छन् । सिर्जनाको अवस्था गम्भीर छ ।

ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजारस्थित ताम्राकार परिवारको एउटा घरमा म्ह पूजा भइरहँदा आगो लागेको प्रहरीले जनाएको छ । घटना चक्रबहीको घरमा शुक्रबार राति पौने ७ बजेतिर घटेको हो ।

Advertisement

प्रहरीका अनुसार उनिहरु तेस्रो तलामा म्ह पूजा गरिरहेका थिए । दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको थियो । दियोको आगोले झ्यालको पर्दा टिप्यो परिवारका सबै जना माथिल्लो तल्लामा पूजामा व्यस्त रहेकाले आगो सल्किन थालेको चाल पाएनन् । पर्दामा लागेको आगो दन्किन थाल्यो । आगोले एक्कासि माथिल्लो तल्लालाई पनि टिप्यो । साढे तीन तलाको पुरानो घरमा आगो सल्किँदै माथिल्लो तल्लामा पुगेपछि भान्छामा रहेको ग्यास सिलिन्डर पड्कियो ।

प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए। घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ ।