January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

पाँचथरको याङ्वरकमा युमा साम्यो

२०७८ कार्तिक १८

545

याङ्वरक । पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा युमा साम्यो, महासभा नेपालको गाउँ कार्यसमिति गठन भएको छ ।

याङ्वरक गाउँपालिकाका अग्रजहरुको उपस्थितिमा गम्भीर छलफल गरी सर्वसम्मतिले याक्थुङ लिम्बु जातिको परम्परागत प्राचीन मुन्धुमी मौलिक पहिचान युमा धर्म, संस्कार, संस्कृति, परम्परा, चालचलन आप्लुङ ताङ्सेप (संरक्षण) गर्ने प्रतिबद्धता भएको छ ।

उपस्थित भेलाले तुम्याहाङ देउकुमार माबोको अध्यक्षतामा १७ सदस्यीय युमा साम्यो महासभा, नेपाल पान्थर जिल्ला, याङ्वरक गाउँपालिका कार्यसमिति गठन भएको छ ।

Advertisement

उक्त समितिको उपाध्यक्ष कृष्ण माबो, सचिव सुनिल माबो, कोषाध्यक्ष रणबहादुर माबो छन् ।

सदस्यहरूमा भीमलाल माबो, राजकुमार माबो, जंगीश्वर सेङ्वा, झरमान माबो, भवानी माबो, हर्क तावा, इश्वर सेङ्वा, देशराज माबो, भीम माबो, सन्तकुमार माबो, चिजमाया तावा, बालन्द माबो, इन्दिरा माबो छन् ।

युमा साम्यो अभियन्ता पदम चेन्जी माबोको सक्रियतामा सम्पन्न उक्त भेलाले आसन्न राष्ट्रिय जनगणना २०७८ मा जाति÷जातिको महलमा याक्थुङ लिम्बु, धर्मको महलमा युमा, मातृभाषा र पुख्र्यौली भाषाको महलमा याक्थुङ लेख्ने–लेखाउने सर्वसम्मतले निर्णय गरेको थियो ।