January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

सुर्खेतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

२०७८ कार्तिक १८

375

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ झुप्रा खोला जाने बाटो नजिकै पिकअप जीप दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीका अनुसार बिहीबार बिहान सवा ५ बजे दाङबाट सुर्खेत जाँदै गरेको रा १ च १३१० नम्बरको जीप आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटना हुँदा दाङ घोराही नगरपालिका वडा नम्बर १३ बस्ने २९ वर्षीय चालक राजु विकको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ३ बस्ने १६ वर्षीय सहचालक लोकेन्द्र सुनार घाइते छन् र

Advertisement

दुर्घटनापछि उनीहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाँउमा लगिएको थियो ।