January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

२०७८ कार्तिक १७

485

सुर्खेत । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका-५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका- ७ का ३५ वर्षीय चंखलाल बिक, वडानम्बर-५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । त्यस्तै नलगाड नगरपालिका-८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह-चालक रहेको प्रहरीले बताएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले बताए । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।

Advertisement